कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारमा रहेका १५ जना कोरोना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।...
गण्डकी प्रदेशमा थप ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा थप ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।...
कोरोना भाइरसको संक्रमणका कारण पोखरा महानगरपालिकाको सेवा पनि स्थगित भएको छ ।
महानगरपालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भएको तथा अधिकांस कर्मचारीहरुमा कोरोना संग मिल्दाजुल्दा लक्षणहर...
गण्डकीमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।
२२९ मतादाता रहेको गण्डकीमा २२७ जनाले मतदान गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार केहीबेरमा मतगणना सुरु हुनेछ ।
नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ ।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपाल...
नेपालमा मंगलबार थप १२ हजार बढिमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २५९०९ नमुना परिक्षणमा १२००८ नमुनामा कोरोना भाइरसको संक्रमण...
यातायात व्यवस्था कार्यालय सवारी गण्डकीको सेवा एकसाताका लागि स्थगन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयमा कार्यरत अधिकांस कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भई उपचारमा रहेका र अरु कर्मचारीहरुमा पन...
बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको तयारी गण्डकीमा पुरा भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । कार्यालयका निर्वाचन अधिकारी होमनाथ पराजुलीका अनुसार निर्वाचनको आवश्यक तयारी पुरा गरिएको हो । ...
पोखरा विश्वविद्यालयका परीक्षा पनि स्थगित भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण माघ मसान्त सम्म तोकिएका सम्पुर्ण परीक्षाहरु स्थगित गरिएको पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा.तुल्सिराम भण्डारी...
नेपालमा लगातार छैठौँ दिन सोमबार पनि १० हजार बढि नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१,२०१ जनाको नमुना परिक्षण गरिएकामा थप १०,३१९ जनामा कोरोना भाइर...