कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारमा रहेका १५ जना कोरोना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
विवरण अनुसार यसअवधिमा थप ८,०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५,७३६ पिसिआर तथा ६०७२ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८,०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा सक्रिय संक्रमितहरुको संख्या ९०,५७६ जना पुगेको छ ।
यसअवधिमा ५२७२ जना संक्रमण मुक्त भएका छन् । हाल २५७ जनाको आइसियु र ४९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । बिहिबार ५,५४,५६६ मात्रा खोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार