गण्डकी प्रदेशमा थप ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा थप ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा ३८५ जना, स्याङ्जामा १०४ जना, तनहुँमा ८६ जना, लमजुङ्मा ६५ जना, म्याग्दीमा ४६ जना, नवलपुरमा ४९ जना, गोरखामा २३ जना, बाग्लुङ्मा २० जना र पर्वतमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा २१३ जना संक्रमणमुक्त भएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ७०३१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार