प्रधानमन्त्री बालेन शाहले सुनसरीमा हालै भएको घटना तथा त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै सुनसरीको पछिल्लो सुरक्षा अवस्था, चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थितिलाई तत्काल नियन्त्रणमा लिन, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि प्रकारको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएको सचिवालयले जनाएको छ।



