जेनजी आन्दोलनका बलमा पदच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन नस्वीकार्ने बताएका छन् ।

भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले यो आयोग र त्यसले तयार पार्ने प्रतिवेदन नस्वीकार्ने बताएका हुन् । सरकारले २३ भदौको जेनजी विद्रोहमाथि सरकारी दमनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ । जेनजी विद्रोहका क्रममा कार्कीले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले नेताहरुले असन्तुष्टि जनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार