राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले क्लिन स्विप भएको छ । गण्डकी प्रदेशमा सत्ता गठबन्धनका तिनै जना उमेद्वारहरु विजयी भएपछि एमाले क्लिन स्विप भएको हो ।
गण्डकीमा सत्ता गठबन्धनका किरणबाबु श्रेष्ठ, पदम बहादुर परियार र मनरुपा शर्मा विजयी भएका हुन् । उनीहरूले नेकपा एमालेका उमेद्वारहरुलाई पराजित गरेका हुन् ।
बिहीबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशका २३० मतदाता मध्ये २२९ जनाले मतदान गरेका छन् । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली सहकारी ठगी प्रकरणमा फरार भएका उनी मतदानमा सहभागी भएनन् ।
इमेज सहकारीका नाममा उनले अरबौँ रुपैयाँ ठगी गरेका छन् ।



