लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीद्वारा आयोजित खुला रक्तदान कार्यक्रममा २३८ युनिट रगत सङ्कलन भएको छ । रक्त सञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २३८ युनिट रगत सङ्कलन भएको क्लबका अध्यक्ष केदारप्रसाद श्रेष्ठले बताउनुभयो । क्लबको वार्षिक नियमित कार्यक्रम अनुसार रक्तदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै लायन डिस्ट्रिक्ट ३२५ एमका FIRST VDG लायन चण्डीप्रसाद अर्यालले क्लबहरूको सामाजिक कार्य अन्तरगत रक्तदान गरी सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताउनुभयो । यस्ता प्रकारका कार्यक्रमहरू क्लबहरूले निरन्तर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा लायन डिस्ट्रिक्ट ३२५ एमका SECOND VDG धनिराम बराल, लायन डिस्ट्रिक्ट ३२५ एमका रिजन चियरपर्सन श्रीकृष्ण श्रेष्ठ, लायन डिस्ट्रिक्ट ३२५ एमका जोन चियरपर्सन रेसम बहादुर श्रेष्ठ लगायत बोल्नु भएको थियो ।

क्लबका अध्यक्ष लायन केदारप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्लबका प्रथम उपाध्यक्ष लायन लोकनाथ पौडेल र सञ्चालन क्लबकी सचिव लायन भीमा पौडेलले गनुृभएको थियो । क्लब २० वर्षदेखि निरन्तर क्रियाशील रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार