प्रा.डा. निर्मल लामिछानेको तीज गीत ‘हाम्री आमा’ सार्वजनिक भएको छ । शुक्रवार वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले एक कार्यक्रमका बिच गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । गीतमा आमा छोराको संवाद हेर्न र सुन्न सकिन्छ । आमाको पालाको तीज र अहिले को नयाँ पुस्ताको तीजलाई गीतले बताउन खोजेको डा. लामिछाने बताउँछन् । वर्तमान समयमा बजारमा आएका गीतले मौलिकता बिर्सँदै गएको अवस्थामा यो गीतले पुरानो तीज तथा आमाहरूको पालामा हुने गरेका गीतसङ्गीत र तीजको बारेमा बुझ्न सहयोग गर्ने प्रा.डा लामिछानेको भनाई छ । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले गीतले वास्तविक आमाहरूको तीज बोकेको, तीजको मौलिकतालाई संरक्षण गर्न सहयोग गर्ने खालको भएको प्रतिक्रिया दिनुभयो । तीजमा फैलँदो विकृतिलाई रोक्न पनि यस प्रकारका गीत सङ्गीतले सहयोग गर्ने उहाँको भनाई थियो । कार्यक्रम बुद्धि सागर लामिछाने स्मृति प्रतिष्ठानकी संरक्षक गङ्गादेवी लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार