वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन खर्च विवरण नबुझाएका उमेदवारहरुको जरिवाना मिनाहा गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार साँझ सरकारको सिफारिसका उमेदवारहरुको जरिवाना मिनाहा गरिदिएकी हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्मानिय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्युबाट मिति २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका उमेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९=१०=०४ को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा भएको छ ।”




