गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २८ औं जनयुद्ध दिवसको अवसरमा दीपावली गरिएको छ । पालिकाको शहिद दिलबहादुर रम्तेल स्मृती पार्कमा गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालको प्रमुख आतिथ्यतामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्य सहित नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य भगवती तिवारी (शान्ति) लगायत पाटीका नेताहरु, पालिकाका जनप्रतिनीधिहरुको बिशेष उपस्थिती रहेको थियो । शहिद दिलबहादुर रम्तेल स्मृती पार्कको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सभामुख कृष्ण धिताल बिजयले नेपाली क्रान्तिको एक इतिहास महान् जनयुद्धको उपलब्धीको रक्षा गर्न सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले जनयुद्धकै जगमा जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेको स्मरण गराउँदै जनयुद्ध दिवसको दिन सरकारले सार्वजनिक बिदा दिएकोमा यो एक राष्टिय पर्वको रुपमा अब संस्थागत हुने विश्वास गर्नुभयो । स्मृती पार्क पछि पालिकाको नवनिर्मित भवनमा पनि जनप्रतिनिधि र पालिकाका कर्मचारीहरुले दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार