उपप्रधानमन्त्री विष्णु पौडेलले ५५ वर्षपछि यसवर्षको राजस्व संकलनको वृद्धिदर अघिल्लो वर्ष भन्दा निकै कमजोर भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले आर्थिक वर्ष २०२४/०२५ पछि यस वर्ष अघिल्लो वर्ष भन्दा कम राजस्व संकलन भएको जानकारी दिएका हुन् ।

तर, अर्थमन्त्री पौडेलले यो ६ महिनामा ४ खर्ब ९० अर्ब ४ करोड मात्र राजस्व संकलन भएको जानकारी दिए । यो अंक गत आर्थिक वर्षको यसै अवधिमा संकलन भएको राजस्वभन्दा पनि १५ प्रतिशत कम हो ।



