सर्जक सुवास गुरुङ
सर्जक सुवास गुरुङ

 

गोरखा भुम्लिचोकका सुबास गुुरुङ हाल बहराईन छन् । पेसाले उनी सेफ हुन् । सानै देखी गीत गाउने, नाच्ने अभिनयमा रुचि राख्ने सुवासका धेरै गीतहरु बजारमा आएका छन् । केही गीतमा त उनले अभिनय समेत गरेका

सर्जक मिठु राना
सर्जक मिठु राना

छन् ।  नेपालमा रहदा उनले लोक गित, सालैजो ,झ्याउरे जस्ता गीतहरुमा शब्द, लय तथा स्वर आफैले गरेका थिए । उनी भन्छन् गीत संगीत उनको महत्वपूर्ण अंग जस्तै हो । गीतसंगीतलाई उनी जहाँ जान्छन् उतै लाने गरेको बताए । नेपालमा हुँदा बिभिन्न ठाउँमा पुगेर समेत आफ्नो प्रस्तुती प्रस्तुत गरेका सुबास गुरुङ हाल बहराईन छन् । प्रदेशीको शिलशीलामा उनी दुबाई, अफगानिस्तान, ईराक पनि गए ।त्यहा रहदा पनि नेपाली गीत संगीतलाई माया गरेर धेरै गीतहरुमा लय शब्द सृजना गरे । केही बर्षको ईराकको बसाईपछि उनी फेरी बहराईन गए । त्यहा रहेर काम गर्र्दै गर्दा नेपाली लोक संगीतको उत्थानको लागी भन्दै शुभलाभ दोहोरी अनलाईन खोलेर नयाँ नयाँ प्रतिभाहरुको खोजिमा समेत उनी लागिरहेका छन् र अनलाईनमा सहभागी भएर दोहोरी प्रतियोगीता गर्ने, दोहोरी गाएर दर्शक स्रोतलाई मनोरञ्जन प्रदान गर्ने र नेपाली संस्कृतीको संरक्षण गर्ने उदेश्य रहेको सुवास बताउँछन् । शुभलाभ दोहोरीमा सभापती, उपसभापति, कार्यक्रम संचालक, सचिव सदस्य, लेखा प्रमुख जस्ता सबै पदाधिकारीहरु समेत छन् । बिभिन्न देशमा छहरिएर रहेका लोक पारखीहरु यस शुभलाभमा जोडिएका छन् । अनलाईनको माध्यमबाट सबैले आफ्नो प्रतिभा देखाउँदै संस्थागत रुपमा पनि काम गरिरहेका छन् । पछिल्लो समय सुवास गुरुङ् र सुस्मीता गुरुङको शब्द तथा निच्यो तुमस्यो, राजु केसीको लयमा शुभलाभ रोधीको बारेमा ‘पिर नलिनु शुभलाभ रोधी आएर’ बोलको गीत सार्वजनिक गरेका छन् । जुन गीतमा मेघराज खड्का र रेनु गुरुङको स्वर रहेको छ । भिडियोलाई पोखराका व्यस्त निर्देशक होम गुरुङले निर्देशन गरेका हुन भने सुस्मीता घिमिरे र समिर परियारले अभिनय गरेका छन् ।सुवास आफैमा पनि एक प्रतिभाशाली कलाकार हुन् । उनी शब्द कोर्ने देखी लय र अभियनमा समेत दक्ष छन् । उनले गाएका धेरै जस्तो गीतमा आफैले संगीत

समेत भर्छन् । लोक संगीत भनेको दुःख बिसाउने चौतारी भएको उनको अनुभव छ । अब छिटै नेपाल आउने र जन्म स्थान गोर्खाको चिनारी गीत ल्याउने तिब्र तयारी रहेको जानकारी समेत उनले गराए । अन्त्यमा सुवास भन्छन‘ यो स्थानसम्म आउन सहयोग गर्ने परिवार जन, शुभ लाभ रोधीका सबै सदस्य तथा पदाधिकारी साथीहरु, अग्रज कलाकार तथा गायक संगीतकारहरु, सबै शुभचिन्तकहरुमा मनै देखी धन्यवाद भन्दै आउँदा दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा उनले गरेका छन् । नेपाली लोक संगीतलाई माया गरी संस्कृती जर्गेना गर्न सबैलाई उनले बहराईनबाटै आग्रह समेत गरेका छन् । अन्तिममा मिठु राना नामक युट्युब बाट आएको भिडियो सबैले लाईक र सस्क्राईब गरि माया गरिदिनु हुन पनि आग्रह गरे,पर्दा पछाडी रहेको सब्दकी खानी मिठु राना लाई सम्झदै समयले साथ दिय मिठु रानाको लाईभ दोहोरी पनि समाबेश गर्ने जमर्काे रहेको उनले बताए बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार