टिकाप्रसाद अम्गाई(सुबास)/पोखरा
एक कार्यकालमै राम्रो र उत्कृष्ठ प्रशासकीय भवन सम्पन्न गरेपछि गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका निकै चर्चामा भयो । हेर्दा आर्कषक लाग्ने भवनबारे केही संचार माध्यमले भवन चर्किएको, पानी चुहिएको, ताल बनेको खबर बाहिर आएपछि पालिकाले त्यसको खण्डन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले भवनको एक झ्यालबाट पानी रसाएको हो, बाहिर भने जस्तो ताल बनेको, भत्कीएको नभएको जानकारी दिनुभयो । उपाध्यक्षको कार्यकक्षको झ्यालबाट पानी रसाएको छ । भवनको भित्री डिजाईनको काम भईरहेकोले भवन मापदण्ड अनुसारकै बनेको र त्यसमा शंका नगर्न आग्रह गर्नुभयो । त्यसता भ्रामक समाचार सम्प्रेशण नगर्न र बुझेर, सम्बन्धीत व्यक्तिलाई सोधेरमात्र समाचार तय गर्न समेत आचार्यले सबै संचार माध्यमलाई आग्रह गर्नुभएको छ । भवन निर्माणकै क्रममा रहेको र भएको समस्यालाई समाधान तर्फ लैजाने भन्दा पनि नकरात्मक सन्देश दिनेखालका सूचनाबाट सबै नागरिक सजग हुन समेत उहाँले आग्रह गर्नुभएको छ ।
गाउँपालिका ईन्जिनियर अभिनभ गौतमका अनुसार उपाध्यक्षको कोठामा रहेको झ्यालबाट पानी रसाएको छ । झ्यालको माथिल्लो बुट्टाको डिजाईनको काम भईरहेको छ र त्यसको कारण पानी रसाएको गौतम बताउनुहुन्छ । भवनको एक बर्षे परिक्षणकाल बाँकी रहेकाले निर्माण कम्पनीलाई जानकारी गराईएको समेत गौतमले जानकारी दिनुभयो । उहाँका अनसार भवनमा अहिले इन्टेरियरको काम भईरहेको छ ।




