मुग्लिन–पोखरा सडकमा पर्ने तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्डमा आईतबार देखी अनिश्चित कालसम्मका लागि सडक बन्द हुने भएको छ ।
मुग्लिन पोखरा सडक योजना (पुर्वी खण्ड) तनहुँका अनुसार आईतबार राति ११ बजेदेखी बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको हो । उक्त सडम विस्तारको क्रममा रहेकाले सो समयमा पनि सवारी आवागमन बन्द गरि सडक खन्नु पर्ने भएकाले बन्द गरिएको आयोजनाले जनाएको छ।

तोकिएको समयमा मात्र सवारी चलाउन आयोजनाले आग्रह पनि गरेको छ ।मुग्लिन–पोखरा सडक चार लेनको बनाउन एसियाली विकास बैंक (एडीबी)ले सहयोग गरेको छ । मुग्लिनबाट पोखरासम्मको ८० किलोमिटर सडकखण्ड विस्तारका लागि एडीबीले करिब २२ अर्ब ऋण सहायता गरेपछि यो खण्ड विस्तारको काम अघि बढेको हो । करिब ८० किलोमिटरको यो खण्डलाई दुई प्याकेजमा विभाजन गरेर काम सुरु गरिएको छ ।



