पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखरा प्रवेशका मुख्य नाकाहरुमा आकर्षक बगैचाहरु निर्माण गर्ने उद्धघोष गरेका छन् । पोखरा ३२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले ६ महिना भित्र तनहुँ, स्याङ्जा र बाग्लुङ तर्फबाट पोखरा प्रवेश गर्ने मुख्य नाकाहरुमा पोखरा प्रतिबिम्बित हुने गरि आकर्षक बगैचाहरु निर्माणको प्रक्रिया सुरु गरिने बताएका हुन् ।

https://googlepokhara.com/2022/05/09/30154/

पर्यटकिय शहर पोखराको पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजनाहरु बनाईने बताएका उनले प्रर्याप्त स्थानमा पदमार्गहरु निर्माण गर्ने, ऐतिहासिक र पुरातात्विक क्षेत्रको पहिचान र प्रबद्र्धन गर्ने, आवश्यक पर्यटन पुर्वाधारको निर्माण गर्ने र भ्युटावर तथा दृश्यावलोकन स्थलहरुको व्यवस्थापन गर्ने पनि बताए ।

https://googlepokhara.com/2022/05/09/30159/

उमेदवार आचार्यले सार्वजनिक शिक्षाको विषयमा सरोकारवालाहरुसंग आवश्यक छलफल गरि जवाफदेही र गुणस्तरिय बनाउने बताए । शिक्षाको स्तर सुधार नभएसम्म सभ्य समाजको निर्माण गर्न नसकिने भन्दै सार्वजनिक शिक्षामा देखिएका समस्याहरुको निराकरण गर्ने उनले बताए । स्वास्थ्यलाई जनता केन्द्रित कार्यक्रममा रुपमा अगाडी बढाउने आचार्यले बताए । कृषिलाई आयात विस्थापन गर्ने गरि आत्मनिर्भर र उत्पादनमुलुक बनाउने उनले बताए ।

https://googlepokhara.com/2022/05/09/30162/

उनले महानगरको शिर र तिरमा विकासका सुचाङ्क पुग्न नसकेको बताए । महानगरलाई चाहिने सबै पूर्वाधार तयार गर्ने प्रतिबद्धता व्यक्त गर्दै पहिलो मिति मै म भन्दा माथी उठेर हामी भन्ने भावनामा साथ काम कार्वाहीहरु सुरु गर्ने बचन दिए । कांग्रेसका बागी उम्मेदवार बिमल कार्कीले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धन झन बलियो भएको दाबी गरे । पोखरा महानगरपालिकामा गठबन्धनको जित सुनिश्चित भएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार