पाँच दलिय गठबन्धनको तर्फबाट ढोरपाटन नगरपालिकाको मेयर पदका उमेदवार चन्द्र अर्यालले गलत प्रवृति र पात्रको नेतृत्वमा नगरपालिका पुगेका कारण वितेको पाँच वर्ष उपलब्धि विहिन बनेको बताएका छन् ।
संयुक्त पाँच दलिय गठबन्धन वडा नं. ६ को सम्पर्क कार्यालय उद्धघाटन गर्दै सरकारको नेतृत्वमा पुगेपछि जनताको सेवा भन्दा धेरै आफुलाई देवत्वरणमा तल्लीन भएका गलत पात्रले नगरपालिकाको विकासलाई वर्षौ पछाडी धकेलेको अर्यालले बताए ।

उनले पुर्व सरकारमा सामेल ति पात्रका पालामा भएका गलत निर्णयहरुलाई खारेज गरिदिने बताए । अर्यालले आफुहरुले भ्रष्टाचार नगर्ने प्रण गर्दै राज्यको स्रोतसाधनको दुरुपयोग नगर्ने प्रतिवद्धता जनाए । जनप्रतिनिधि भैसकेपछि घमण्ड, दम्भ र अहंकार प्रस्तुत नगर्ने बताउदै उनले जनताको सेवकका रुपमा सर्मपित हुने बचन दिए । नगर सरकारको सेवाका सम्बन्धमा सवै नगरवासीको अपनत्व आत्मसाथ गर्ने उनले प्रतिवद्धता जनाए ।

गुरुयोजनाका साथ नगरको दिगो विकासमा निष्ठाका साथ लाग्ने विश्वास दिलाउदै उमेद्वार अर्यालले आफुहरुको यस अभियानमा हातेमालो गर्न अनुरोध समेत गरे । सहज र द्रुत सेवा प्रवाहमा आफुहरु सचेत रहेको अर्यालले बताए । नगर प्रहरीको दुरुपयोगलाई रोकेर जनसेवामा परिचालन गर्ने तथा नगरवासीहरुको शिक्षा र स्वास्थ्यमा पहुँच सहज बनाउने उनले बताए ।

पुर्वाधार विकासका सम्बन्धमा शुन्य उपलब्धिमा वितेको पाँच वर्ष नगरका लागि लज्जास्पद र दुखद भएको बताउदै उनले ति प्रवृति र पात्रहरु फेरी पनि जनताको घरदैलोमा पुगेकाले सार्वजनिक बहिष्कार गर्न अपिल गरे । ति नियतमा खोट भएकाहरुलाई फेरीपनि अवसरको सिँढीमा चढाएर भुल नगर्न आग्रह पनि गरे ।

उनले निर्धक्क भएर गठबन्धनका उमेद्वारहरुलाई विजयी गराउन आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार