पोखरा महानगरपालिकाको उपप्रमुखमा मञ्जुदेवी गुरुङ्लाई दोहोर्याउदै नेकपा एमालेले प्रदेश सभासद कृष्ण थापालाई मेयरको टिकट दिएको छ । थापाले आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्राका छन् ।

यसअछि टिकट पक्का भैसकेका एमाले नेता दिपक पौडेलले सुन चोर्दै गरेको भिडियो फुटेज सार्वजनिक भएपछि टिकट थापाको पोल्टामा परेको हो । एमाले कै दुई गुटको तकरावका कारण उक्त भिडियो एक्कासी सार्वजनिक भएको टिप्पणीहरु गरिएका छन् ।
तर, एमाले नेता पौडेलले भने भिडियोमा देखिएको व्यक्ति आफु नभएको भन्दै खण्डन गरेका छन् । हाल पोखरा महानगरपालिकाको मेयरका लागि मनोनयन दर्ता गराएका पुर्व मेयर कृष्ण थापा पनि केही समय अगाडी पोखरा १६ मा भएको एक जातिय छुवाछुटको काण्डमा मुछिएका व्यक्ति हुन् ।

एक सामाजिक भवनमा क्रियाकर्म गर्ने विषयलाई लिएर पीडकको पक्षमा विज्ञप्ती जारी गरि मानविय मुल्यको उपहास गरेको आरोप स्थानिय दलित समुदायले उनि माथी लगाएका छन् । यद्यपी त्यसको जवाफ भने उनले दिइसकेका बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार