नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । स्थानिय तहको चुनाव बहिष्कार गर्ने नीति लिएको सो पार्टीले वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको हो ।

 

वर्तमान सरकार जनताको भावना विपरित विदेशी शक्तिहरुका सामु लम्पसार परेर राष्ट्रियतालाई लिलाम गर्ने खेलमा लागेको भन्दै दलाल नोकरशाही सत्ता र सरकारले गर्ने कुनैपनि निर्वाचनमा सहभागी नहुन सो पार्टीले अपिल गरेको छ ।

 

जारी विज्ञप्तीमा फोहोरी संसदिय व्यवस्थाबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको भन्दै यसको विकल्प खोज्नुपर्नेमा जोड दिदै जनतालाई सदैव गुलाम बनाउने र मुलुकको युवा शक्तिलाई विदेशमा बेच्ने दलालहरुलाई बहिष्कार गर्न अपिल गरिएको छ । एमसीसी जस्तो राष्ट्रघाति सम्झौता पास गरेको र देशलाई टुक्राउन खोजेको लगायतका आरोपहरु पार्टीले सरकार माथी लगाएको छ ।

 

दलाल संसदिय व्यवस्थाको अन्त्यका खातिर वैशाख ३० गतेको कथित स्थानिय तहको निर्वाचन बहिष्कार गर्न अपिल गर्दै दलालहरुको शसक्त प्रतिरोध गर्न आफ्ना नेता कार्यकर्ताहरुलाई अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार