केपी ओली नेतृत्वको वामपन्थि सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार निर्माण गर्न महत्वपुर्ण भूमिका खेलेका दलहरुसंग भागबन्डाको विषयलाई लिएर कांग्रेस भित्र चर्को असन्तुष्टि देखिएको छ ।

यहि वैशाख ३० गते तोकिएको स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका आफुहरुले पाउनु पर्ने माग गरिरहेका कांग्रेसका नेताहरुलाई काठमाण्डौ बोलाएर भागबन्डा गर्दा पोखरा महानगरपालिका आफुहरुलाई नभई तत्कालिन एमालेबाट विभाजित भई बनेको नयाँ दल एकिकृत समाजवादीलाई परेको निर्णय कांग्रेस सभापति देउवाले सुनाएर पठाए ।

तर, कांग्रेसको तर्फबाट पोखरा महानगरको नेतृत्वका लागि आकांक्षी देखिएका कतिपय नेता तथा सो पार्टीको महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दि गरेको बताएका छन् । पोखरा महानगरपालिको नेतृत्व अन्य दलहरुलाई दिदै गर्दा पोखरा महानगर समितिलाई वाईपास गरिएको उनिहरुको गुनासो छ ।

पार्टीका लाखौ नेता तथा कार्यकर्ताहरुको भावना विपरित नेतृत्व अगाडी बढ्न खोजेकाले विरोधमा उत्रनु परेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार