नेकपा (एकीकृत समाजवादी)बाट पोखरा महानगरको मेयरमा ६ जनाको नाम सिफारिस भएको छ ।

महानगर कमिटीबाट आएको ६ जनाको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।
उनकाअनुसार मेयरमा धनराज आचार्य, श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयबाबु बनवासी, दामोदर शर्मा र प्रेम बहादुरथापाको नाम प्रदेश कमिटीमा पठाइएको छ ।



