सत्ता गठबन्धनका दलहरु बिचमा चुनावी तालमेल भए नेकपा एमालेको नेतृत्वमा रहेको ढोरपाटन नगरपालिकामा आगामी स्थानिय तहको निर्वाचनमा एमालेले पराजय भोग्ने निश्चित छ ।
२०७४ सालमा सम्पन्न निर्वाचनको मतपरिणाम हेर्ने हो भने एमाले पहिलो दलका रुपमा देखिएपनि गठबन्धनका दलहरु बिच चुनावी तालमेल भए तत्कालिन चुनावमा एमालेले प्राप्त गरेको मत भन्दा हाल गठबन्धनमा रहेका दलहरुसंग रहेको मत धेरै हुन आउँछ ।
२०७४ सालमा नेकपा एमालेका उमेद्वार देव कुमार नेपालीले २६९२ मत प्राप्त गर्दै विजयी भएका थिए भने नेपाली कांग्रेसका उमेद्वार अर्जुन शेरचनले १९४६ मत प्राप्त गरेका थिए । गठबन्धनमा रहेका दलहरुले प्राप्त गरेको तत्कालिन समयको मत एकिकृत गर्ने हो भने, नेपालीको भन्दा झण्डै दोब्बरले बढि ४९८२ हुन्छ । हाल एमालेबाट विभाजित भएर बनेको नेकपा एकिकृत समाजवादी समेत गठबन्धनमा संगै रहेकाले एमालेको मत बाँडिने सम्भवना प्रवल छ ।

तथापी परिस्थिती पहिलेको जस्तो नभएपनि विगतको अवस्था हेर्ने हो भने र सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर गए यसपाली ठुलो पार्टी भनिएको एमालेले पराजय भोग्ने निश्चित छ । तर, एमाले नेता हालका मेयर देवकुमार नेपालीको बलियो प्रभाव रहेको सो क्षेत्रमा उनि बाहेकका अन्य उमेद्वारलाई बाजि मार्न भने सकस नै पर्नेछ ।




