अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । अब पाकिस्तानमा नयाँ प्रधानमन्त्री को बन्ला भन्ने चासो छ ।
पाकिस्तानका मिडियाका अनुसार अब पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको स्थानीय मिडियाले जनाएका छन् । सम्भवत आउँदो सोमबार शहबाजलाई सदनले नयाँ प्रधानमन्त्री चुन्ने बताइएको छ ।

पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खान लगायतले अदालतमा मुद्दा हालेका थिए । सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा नवाज शरीफलाई दोषि ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो ।



