समय बचत तथा ऋण सहकारी संस्थाले चौँधौँ स्थापना दिवसका अवसरमा लमजुङ्को एक सामुदायिक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

लमजुङ्को क्होलासोथर गाउँपालिका वडा नं.९ गिलुङ् स्थित ज्योति विन्दु प्राथामिक विद्यालयका छात्राछात्रहरुलाई खेलकुद तथा शैक्षिक सामाग्रीहरु प्रदान गरिएको कार्यक्रम संयोजक नविन नापितले जानकारी दिए । नापितका अनुसार खेलकुद सामाग्रीहरु (फुटबल, ब्याडमिन्टन, कक, ब्याट, क्यारिमबोर्ड, चेस, टेवल) र शैक्षिक सामाग्रीहरु (किताब, कपि, कलम, कटर, इरेजर, स्कुल ब्याग) लगायत वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै क्होलासोथर गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष नन्दजंग गुरुङ्, गिलुङ पोखरा समाजका अध्यक्ष आषिश गुरुङ तथा विद्यालयका प्र.अ सोमनाथ अधिकारी लगायतले सहकारीले गरेको सहयोगको प्रशंसा गरे ।
सहकारीका अध्यक्ष शिव प्रसाद द्धाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संयोजक नविन नापित र संचालन सहकारीका सचिव अनिल बड्गामीले गरेका थिए ।




