पोखरा महानगरपालिका कार्यालय अगाडीको मुख्य सडक छेउमा भ्वान परेको छ । व्यस्त सडकको एक छेउमा एकाएक भ्वान परेपछि स्थानिय अधिकारीहरु आश्र्चयमा परेका छन् ।
टन्टलापुर घाम लागिरेहको बेला एक्कासी सडकमा भ्वान पर्नु अचम्मीत विषय भन्दै प्रत्यक्षदर्शीहरुले समेत आश्चर्यजनक टिप्पणी गरेका छन् । “सडकमा गाडिहरु गूडिरहेका थिए, मानिसहरु आफ्नो धुनमा व्यस्त थिए, तर सडकमा एक्कासी गोलो आकारको प्वाल परेको देखियो, मानिसहरु झुम्मीन पुगे, एक जना प्रत्यक्षदर्शीले भने, पोखरामा यस्ता घट्नाहरु नौला होईनन् तरपनि बादल न पानी एक्कासी भ्वान परेको देखेपछि म पनि छक्क परे ।”
पोखराका विभिन्न स्थानहरुमा पटक पटक दोहोरिने उक्त समस्याको समाधानमा आफुहरुको ध्यानाकर्षण भैरहेको पोखरा महानगरपालिकाका अधिकारीहरुले बताएका छन् । पोखरामा वर्षौ पहिले भुमिगत गरिएका खानेपानीका पाईपहरुको अवस्थाका बारे सम्बन्धित निकाय बेखबर बनेपछि जिर्ण पानीका पाईपहरु सडक भासिने कारण बनिरहेका छन् ।
पोखराका मुख्य सडकहरुमा पानीका पाईपहरु फुटेका कारण पानी बगिरेहको र सडकहरु भासिने गरेका स्थानिय जनप्रतिनिधिहरुको गुनासो समेत छ । तर, बुधबार पोखरा महानगरपालिका कार्यालय अगाडी परेको भ्वान भने शुख्खा छ ।




