प्रधानमन्त्री शेर बहादुर देउवाले संघिय निजामति ऐन यथासिघ्र जारी गर्ने आश्वासन दिएका छन् ।
काठमाण्डौमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको आठौँ अधिवेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार संघिय निजामति ऐन जारी गर्ने कार्यमा क्रियाशिल रहेको बताएका हुन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सार्वजनिक प्रशासनमा सुधारको आवश्यकतामा पनि जोड दिए । लिखित भाषण गरेका प्रधानमन्त्री देउवा अन्य विषयहरु भन्दा पनि सार्वजनिक प्रशासनका विषयमा केन्द्रित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार