कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये १ जनाको मृत्यु भएको हो ।
यसैबिच यसअवधिमा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रलायका अनुसार ८,९३३ नमुना परिक्षणमा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७,२४२ रहेको छ ।
बुधबार थप ३८५ जना संक्रमण मुक्त भएका छन् ।




