नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी वैशाख ३० गते स्थानिय तहको निर्वाचन कुनै हालतमा गर्ने दावी गरेका छन् ।
पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संसदको अवस्था जस्तो सुकै भएपनि वैशाख ३० गते तोकिएको स्थानिय तहको निर्वाचन कुनै वाहानामा तलमाथी नहुने ठोकुवा गरेका हुन् ।
गठबन्धन आवश्यकताले बन्ने विषय भएको उल्लेख गर्दै महामन्त्री थापाले यसको प्रमुख उद्देश्य समय मै चुनाव गाराउने भएको बताए । चुनावमा तालमेल हुन्छ कि हुदैन् भन्ने विषय भन्दा पनि तोकिएको समयमा निर्वाचन गराउनु प्रमुख हुने उनले बताए ।
उनले पोखरामा आयोजित पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार