अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधि सभाबाट पारित भएपछि बढेको माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ बिचको दुरी घटाउन अध्यक्ष स्वयम प्रयास थालेका छन् ।
उनले आज नेता प्रकाशको निवास मै पुगेर पार्टीमा मिलेर जाने प्रस्ताव गरेका समाचारहरुमा जनाईएको छ । एमसीसीको विषयमा भिन्न मत भएपनि पार्टीका अन्य गतिपिविधिहरुमा एकाकार आएर अगाडी जान प्रस्ताव गरेका हुन् ।
नेता प्रकाशले भने एमसीसीका विषयमा पार्टीको निर्णय गलत भएको बताउँदै आएका थिए । संसोधन विना एमसीसी पास गर्न नहुने तर्क गर्दै आएका नेता प्रकाशले पार्टीमा संगै रहने विषयमा पुर्नविचार गर्ने छनक दिएपछि अध्यक्ष प्रचण्ड शंसकित बनेका छन् ।
व्यख्यात्मक घोषणा सहित एमसीसी पास गर्ने विषय नेपाली जनतालाई भ्रममा पार्ने बाहेक केही हुन नसक्ने नेता प्रकाश लगायतको तर्क छ । यसअघि आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका अध्यक्ष प्रचण्डले नेता प्रकाशले वेग्लै सोचेको भए आफुले रोक्न नसक्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार