कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये २ जनाको मृत्यु भएको हो ।
यसैबिच यसअवधिमा ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रलायका अनुसार ८,६९३ नमुना परिक्षणमा थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १०,०९० रहेको छ ।
मंगलबार थप ९११ जना संक्रमण मुक्त भएका छन् ।




