नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा सरकारलाई साथ दिन नसक्ने सन्देस दिएका छन् । एमाले नेताहरु सहित बालुवाटार पुगेका अध्यक्ष ओलीले सरकार आफ्ना जायज मागहरुको सम्बोधनमा इमान्दार नबनेको बताउदै उनले एमसीसीका विषयमा आफुले सरकारलाई साथ दिन नसक्ने सन्देस दिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्न प्रमुख विपक्षी दल नेकपा एमालेको सहयोग मागेका थिए । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा मंगलबार बालुवाटारमा ओलीसहितका एमाले नेताहरुसँग छलफल गरेका थिए ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसीसी सम्झौता अनुमोदनमा एमालेको सहयोग मागेका हुन् । तर एमाले अध्यक्ष ओलीले ६ महिनादेखि संसदभित्रै आन्दोलनमा रहेको भन्दै एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसक्ने दोर्होयाएका थिए ।
नेकपा एमालेले पार्टीका १४ सांसदलाई गरेको निष्कासनको कारवाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै गत भदौ २३ गतेदेखि संसद अवरोध गर्दै आएको छ । सरकारले आइतबारको प्रतिनिधिसभ बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गतेका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार