सत्ता साझेदार दल नेकपा एकिकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले संसदमा टेबल भएको एमसीसी परियोजनाको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
आफुहरुको असमति रहदाँरहदै पनि प्रधानमन्त्रीले पेलेर अगाडी बढेको भन्दै मतदानको प्रक्रियामा गए आफ्नो पार्टी त्यसको विपक्षमा रहने निर्णय गरिएको पार्टीले जनाएको छ । साथै उसले एमसीसीको विरोधमा सडकमा भैरहेको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै विरोध समेत जनाएको छ ।
अमेरीकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना अनुदान भएपनि अस्वाभाविक शर्तका कारण यथास्थितीमा स्विकार गर्न नसकिने पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार