कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की र तनहुँका १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ का ८८ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।
यस्तै कोरोना भाइरसको संक्रमणका कारण तनहुँको ब्यास नगरपालिका वडा नं. १२ की ७० वर्षीय कोरोना संक्रमित महिनाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १४६३ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार