अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) को विरोधमा बुधबार नेपाल बन्दको आह्वान गरिएको छ । एमसीसीको चर्को विरोध गर्दै सडक संघर्षमा रहेका पाँच साना राजनीतिक दलहरुले बुधबार देशभर बन्दको आह्वान गरेका हुन् ।
यि दलहरुमा नेपाल कम्युनिष्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।
मोर्चामा आवद्ध दल नेकपा माओवादी केन्द्र समाजवादीका गण्डकी प्रदेश संयोजक भोजराज त्रिपाठीले जनताको भावना विरुद्ध मुलुक बेच्ने खेलमा लागेका राष्ट्रघातिहरुको अवरोध र सम्भावित राष्ट्रघातका विरुद्ध बन्दको आह्वान गरिएको बताए ।
बुधबार बिहान ५ बजेदेखी बेलुकी ५ बजेसम्म बन्दको आह्वान गरिएको हो ।




