मंगलबार गण्डकीमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १९८ नमुना परिक्षणमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २३ जना, लमजुङका ४ जना, नवलपुरका १ जना, बाग्लुङका ५ जना, स्याङ्जाका ४ जना, तनहुँका २ जना, म्याग्दीका ३ जना र पर्वतका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ९४९ रहेकोे छ । पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमण मुक्त भएका छन् ।




