स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको भनिएको कोभिड-१९ विरुद्धको खोप खोज्न गठन गरेको छानबिन समितिले आफ्नाो प्रतिवेदन बुझाएको छ । डा. गुणराज लोहनी संयोजक रहेको छानबिन समितिले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

केही समय अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको थियो । यस विषयमा प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । खोप हराएको विषयमा आलोचना बढेपछि स्वास्थ्यमन्त्री खतिवडाले छानबिन समिति गठन गरेका थिए ।

स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार उक्त प्रतिवेदन पत्रकार सम्मेलन गरी मंगलबार सार्वजानिक गरिने छ ।

डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छानविन समितिमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार