सोमबार गण्डकीमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १८८ नमुना परिक्षणमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २० जना, लमजुङका ११ जना, नवलपुरका ७ जना, बाग्लुङका ८ जना, स्याङ्जाका ९ जना, तनहुँका ४ जना, म्याग्दीका ६ जना र पर्वतका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १,०२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३८ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार