आईतबार गण्डकीमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १४४ नमुना परिक्षणमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका १३ जना, स्याङ्जाका ८ जना र नवलपुरका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १,१८८ रहेको छ । पछिल्लो २४ घण्टामा थप २९० जना संक्रमण मुक्त भएका छन् ।




