शुक्रबार गण्डकीमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २१६ नमुना परिक्षणमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २५ जना, लमजुङका ९ जना, नवलपुरका २ जना, बाग्लुङका ६ जना, स्याङ्जाका ११ जना, तनहुँका ४ जना, म्याग्दीका ७ जना र पर्वतका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १,७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४६४ जना संक्रमण मुक्त भएका छन् ।
यसैबिच कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लमजुङका १् जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण लमजुङ्को कोलासोथर गाउँपालिका वडा नं. ८ का ९१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १४५९ जना पुगेको छ ।




