कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये १३ जनाको मृत्यु भएको हो ।
यसैबिच यसअवधिमा १५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रलायका अनुसार ११,३६५ नमुना परिक्षणमा थप १५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा सक्रिय संक्रमितको संख्या ४०,१११ पुगेको छ ।
सोमबार थप ६१४६ जना संक्रमण मुक्त भएका छन् ।




