कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका २ जना, लमजुङ् र स्याङ्जाका १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण पोखरा महानगरपालिका वडा नं. ३ का ९४ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो । यस्तै पोखरा महानगरपालिका वडा नं. १५ की ५३ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं.८ का ८० वर्षीय पुरुषको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ भने, लमजुङ्को बेशिसहर नगरपालिका वडा नं.११ की ८१ वर्षीय महिलाको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङ्मा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १४४८ जना पुगेको छ ।




