कोरोना भाइरसको संक्रमणका कारण बुधबार नेपालमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये १२ जनाको मृत्यु भएको हो ।
यससंगै नेपालमा कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ११,७६४ जना पुगेको छ । हाल २७० जनाको आइसियु र ५२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । यसैबिच पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुमा गरिएको ११,५८२ नमुना परिक्षणमा ३६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्ट भएको हो । यससंगै नेपालमा सक्रिय संक्रमितको संख्या ६९२९१ जना पुगेको छ ।
बुधबार ८ लाख बढिलाई कोरोना भाइरस विरुद्धको खोप लगाईएको छ ।




