गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७०७१ जना रहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरुको संख्यामा तुलनात्मक रुपमा वृद्धि हुदै आएको छ । उनिहरु मध्ये ६९८५ जना होम आइसोलेसनमा रहेका छन् ।
विवरण अनुसार कास्कीमा सवैभन्दा धेरै ३३०० जना रहेका छन् भने, नवलपुरमा ४८५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै स्याङ्जामा ९४५, तनहुँमा ६५५ जना, बाग्लुङमा ४३६ जना, पर्वतमा २२४, लमजुङमा ४४३ जना, म्याग्दीमा ३३१ जना सक्रमित रहेका छन् । यस्तै गोरखामा २२४ जना, मुस्ताङमा ९ जना र मनाङमा १ जना सक्रिय सत्रक्तमित रहेका छन् ।
हाल गण्डकीमा ७०७१ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १ हजार ४३६ जनाको मृत्यु भएको छ । शनिबार गण्डकीमा ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष् िभएको थियो ।




