पाँच दलीय सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा राष्ट्रिय जनमोर्चा भने सहभागी छैन् । बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।
प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाख मै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।
स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार