कोरोना भाइरसको संक्रमणका कारण पोखरा महानगरपालिकाको सेवा पनि स्थगित भएको छ ।
महानगरपालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भएको तथा अधिकांस कर्मचारीहरुमा कोरोना संग मिल्दाजुल्दा लक्षणहरु देखिएको भन्दै महानगरका सम्पुर्ण सेवाहरु माघ १६ गतेसम्मका लागि स्थगित गरिएको महानगरले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय, मालपोट, यातायात व्यवस्था सवारी लगायतको सेवा यसअघि नै स्थगित गरिएका छन् ।




