नेपालमा मंगलबार थप १२ हजार बढिमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २५९०९ नमुना परिक्षणमा १२००८ नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा ८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ भने, ३०४० जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८८९३४ पुगेको छ । मंगलबार थप २३९८५१ मात्रा कोभिड विरुद्धको खोप लगाईएको छ ।
२४५ जनाको सघन उपचार कक्ष आइसियु र ४४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । हालसम्म कोरोना भाइरससंग सम्बन्धित मृत्युको संख्या ११६६७ पुगेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमणका कारण सरकारी तथा सार्वजनिक सेवाहरु प्रभावित भएका छन् ।




