नेपालमा लगातार छैठौँ दिन सोमबार पनि १० हजार बढि नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१,२०१ जनाको नमुना परिक्षण गरिएकामा थप १०,३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा.संगिता मिश्राले दिएको जनाकारी अनुसार देशभर १६,६५४ पिसिआर र ४,५४७ एन्टिजेन परिक्षणमा १०,३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २,५४० जना संक्रमण मुक्त भएका छन् भने, उपचारमा रहेका ४ जना संक्रमितहरुको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८२,५५० जना पुगेको छ । कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ११,६५९ पुगेको छ । जुन कुल संक्रमणको १.४ प्रतिशत हुनआउँछ । सोमबार देशभर १,१९,३७१ मात्रा खोप लगाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार