प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अनिश्चित बनेको छ । दलहरु बिच कै समन्वय अभावका कारण बैठक अनिश्चित बनेको हो । स्थानीय तहको निर्वाचनबारे छलफल गर्द भन्दै प्रधानमन्त्री देउवाले शनिबार ९ बजे बैठक आह्वान गरेका थिए ।
यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने बैठक बारे कुनै जानकारी नभएको बताएको छ । एमाले नेता विष्णु रिमालले आफूहरूलाई प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकबारे कुनै खबर नआएको बताएका छन् ।
तर, प्रधानमन्त्री कार्यालयका अनुसार भने संविधानविदहरूसँग पहिले छलफल गरेर मात्र सर्वदलीय बैठक बोलाउनेबारे छलफल भइरहेको छ । यसअघि सत्तारूढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संघीय निर्वाचन र कात्तिक मंसिरमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेपछि राजनीति तरंगीत भएको छ ।
तर, स्थानीय निर्वाचन वैशाखपछि धकेल्न नमिल्ने कतिपय संविधानविदहरूले तर्क गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार