गण्डकी प्रदेशमा थप ६२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा कास्कीका २४१ सहित गण्डकीका थप ६२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २४१ जना, स्याङ्जाका १०७ जना, तनहुँका ६७ जना, नवलपुरका ६० जना, म्याग्दीका ४४ जना, गोरखाका ४१ जना, बाग्लुङ्का ३७ जना, लमजुङ्का २६ जना र पर्वतका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा गोरखाको पालुङ्टार नगरपालिका वडा नं. २ की ६९ वर्षीय कोरोना संक्रमित महिलाको होम आईसोलेसनमा मृत्यु भएको छ । हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार ३४० पुगेको छ ।




