बुधबार कास्कीमा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा कास्कीका ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार गण्डकी प्रदेशमा आज ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार स्याङ्जामा ८५ जना, तनहुँमा ८३ जना, गोरखामा ५८ जना, नवलपुरमा ४६ जना, म्याग्दीमा १९ जना, बाग्लुङ्मा ११ जना, लमजुङ्मा ३० जना, पर्वतमा ५ जना, मुस्ताङ्मा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हाल गण्डकीमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २ हजार ७८४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार