जिल्ला प्रशासन कार्यालय कास्कीले माघ १ गतेदेखी सेवाग्राहीहरुका लागि खोप कार्ड अनिवार्य गरेको छ ।
कार्यालयद्धारा जारी सुचनामा गृहमन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिडिएमसी) को निर्णय अनुसार सो व्यवस्था अनिवार्य गरिएको जनाईएको छ ।
तर, खोप कार्डको फोटो मोवाईलमा भएपनि मान्यता दिईने कार्यालयले जनाएको छ ।




